राजनीति


कुलमानका समर्थक र प्रहरीबीच बानेश्वरमा घम्साघम्सी, निषेधित क्षेत्र तोड्ने प्रयास (तस्बिरहरू)

कुलमानका समर्थक र प्रहरीबीच बानेश्वरमा घम्साघम्सी, निषेधित क्षेत्र तोड्ने प्रयास (तस्बिरहरू)

सरोज नेपाल
चैत १२, २०८१ मंगलबार १५:३, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयको विरोधमा मंगलबार काठमाडौँमा विरोध प्रदर्शन भइरहेको छ।

कुलमानका समर्थकहरू माइतीघर मण्डलाबाट प्रदर्शन गर्दै संसद भवन नयाँ बानेश्वर पुगेका छन्।

उनीहरूले बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास गरिरहेका छन्। त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको छ।

प्रदर्शनकारीले लोडसेडिङ चाहिँदैन, कुलमानलाई हटाउन पाइँदैन, कुलमान लेखेको ब्यानरसहित प्रदर्शन गरिरहेका छन्।  

नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोकिएको छ। प्रहरीले सडकमा निषेधित क्षेत्र लेखेको पोस्टरसहित सडकमा बार लगाएका छन्।  

प्रदर्शनकारीहरू बार भत्काएर अघि बढ्ने प्रयास गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad