राजनीति


कागजविहीन अदालतको यात्रामा अघि बढिसक्यौँ : प्रधानन्यायाधीश

कागजविहीन अदालतको यात्रामा अघि बढिसक्यौँ : प्रधानन्यायाधीश

नेपालखबर
चैत १२, २०८१ मंगलबार १४:४८, काठमाडौँ

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कागजविहीन अदालतको यात्रामा आफूहरू अघि बढिसकेको बताएका छन्।

मंगलबार सर्वोच्च अदालतमा आयोजित सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरुलाई दिइने पेशीको सूचना पठाउने अनलाइन प्रणाली तथा जिल्ला अदालतहरुको विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। 

उनले कागजविहीन अदालतको यात्रामा अघि बढ्ने कुरामा वकिल, न्यायाधीश, कानुन व्यवसायी तयार हो की होइन?भन्दै प्रश्न गरे। उनले अब पनि ढिलो भयो भने फेरि जुडिसियल रिफर्म हुन नसक्ने जिकिर गरे। न्यायिक सुधार गर्नैपर्ने भएको र न्यायिक सुधार गर्ने आधार र माध्यम धेरै भएको बताए। 

प्रविधिमार्फत पनि न्यायमा सुधार गर्न सकिने बताए। प्रविधिले दिगो, पारदर्शी र विश्वसनीय बनाउन मद्दत पुग्नुका साथै अनियमितता, विकृति र विसंगति हटाउने बताए।

प्रधानन्यायाधीश राउतले भने, ‘हामीले न्यायिक सुधार गर्नैपर्ने भएको छ। तर न्यायिक सुधार गर्ने आधार र माध्यम धेरै होलान्। तर एउटा माध्यम के पनि हो भने प्रविधिमार्फत हुने सुधार हो। यसले दिगो, पारदर्शी र विश्वसनीय बनाउन मद्दत पुग्दछ। अनियमितता, विकृति र विसंगति हटाउन मद्दत गर्दछ। यसको मुल कुरा हो । यति कुरा गर्नसक्दा जुडिसियल रिफर्मलाई धेरै मद्दत पुग्छ।’

प्रधानन्यायाधीश राउतले जसरी भएपनि जुडिसियल रिफर्म गर्नैपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad