राजनीति


जनतालाई हेप्नेलाई अग्रगमनकारी मान्न सकिँदैन, इतिहासले हिसाब खोज्छ : राप्रपाका प्रवक्ता श्रेष्ठ

जनतालाई हेप्नेलाई अग्रगमनकारी  मान्न सकिँदैन, इतिहासले हिसाब खोज्छ : राप्रपाका प्रवक्ता श्रेष्ठ

नेपालखबर
चैत ९, २०८१ शनिबार २१:२४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहनकुमार श्रेष्ठले जनताको तागतलाई हेप्नेहरूलाई अग्रगमनकारी मान्न नसकिने टिप्पणी गरेका छन्।  

शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले षडयन्त्रमुलक ढंगबाट चोर बाटोबाट राजसंस्थाको अन्त्य गर्न संलग्न केही जीवित खलपात्रहरूको छटपटी केही दिन यता हेरिनसक्नु भएको बताएका हुन्।

‘०६३ वैशाख ११ गते राजा र राजनीतिक दलको सहमतिमा प्रतिनिधिसभा पुनः स्थापित भयो, सहमति हॅँदैगर्दाको आन्दोलनमा राजसंस्थाको अन्त्य गर्ने माग पनि थिएन। ०६३ जेठ ४ गतेको प्रतिनिधिसभा घोषणामा राजसंस्थाको निरन्तरता समेत स्विकार गरिएको थियो’, उनको दाबी छ। 

०५९ मा शेरबहादुर देउवाले विघटन गरेको प्रतिनिधिसभा ०६३ मा पुनः स्थापित हुनसक्यो भने षडयन्त्रपूर्ण रूपमा पाखा लगाइएको राजसंस्था पनि पुनर्स्थापित हुनसक्ने उनले जिकिर गरे। अब इतिहासले यस विषयको हिसाब खोज्ने समेत उनको दाबी छ।

उनले राजासँग भएको सहमति विपरीत राजसंस्थालाई पाखा लगाउने काम किन भयो भन्दै प्रश्न पनि गरेका छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad