नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शासन सत्तामा पुग्नेहरूले गरेका विकृतिका कारण लोकतान्त्रिक गणतन्त्रको बदानाम भएको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खनालले क्रान्तिमार्फत जनताले गरेको आशा र भरोषामाथि सत्तामा पुग्नेहरूले वास्ता नगरेको आरोप लगाएका हुन्। खनाल आफैँ पनि पूर्वप्रधानमन्त्री हुन्।
‘हाम्रो देशमा जुन प्रकारको शासन सत्ता छ, नाम कम्युनिस्ट पार्टीसमेत राखिएका छन् तर कम्युनिस्ट पार्टीको नाम राखे पनि तिनीहरू वास्तवमा दलला पुँजीपति वर्गको दलाली गर्ने बाहेकका अरु कोही पनि छैनन्,' उनले भने, 'त्यो किसिमको दलालीका कारणले गर्दा कमिसनको एउटा भोटले हाम्रो देशका नेताहरू पनि एकपछि अर्को बिक्रीपट्टामा भइरहेका छन्। कमिसनखोरहरूले किनिदिन्छ उनीहरूलाई रातारात।'
उनले गणतन्त्र ल्याएको पुँजीपति वर्गले जेजे भन्छ त्यही काम गर्नका लागि नभएको पनि बताए।
खनालले राज्यसत्तामा हुनेहरूको नीतिहिनता र अकर्मण्यका कारण देशमा प्रतिगमणकारी शक्तिहरू सल्बलाउने मौका पाएको बताए।
Shares

प्रतिक्रिया