नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले अगामि आर्थिक वर्षदेखि बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाण्डेले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखिए पनि प्राथमिकताका साथ गरिनुपर्ने कामहरू अगाडि बढ्न नसकेको उनको भनाइ छ।
उनले आयोजनाको काम सुरु नहुँदा गोरखा र धादिङका नागरिक अन्योलमा बस्नुपरेको उल्लेख गर्दै निर्माण सुनिश्चितता गर्न माग गरे।
‘१२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना अझै निर्माण सुरु भएको छैन। यसलाई राष्ट्रिय गौरवको आयोजनामा राखिए पनि त्यही प्राथमिकताका साथ गरिनुपर्ने कामहरू अगाडि बढ्न सकिरहेका छैनन्,' उनले भने, 'यस आयोजनाबाट प्रभावित गोरखा धादिङका जनता अन्यौलमा बस्नु परेको छ। यसले जनतामा अविश्वास र अन्यौलको वातावरण छाइरहेको छ। अगामी आर्थिक वर्ष २०८२/८३ देखि निर्माण सुरु गर्नेगरी आवश्यक व्यवस्था गर्न सम्माननीय सभामुखमार्फत सरकारको गम्भिर ध्यानाकर्षण गराउँदछु।’
Shares

प्रतिक्रिया