राजनीति


लुम्बिनीमा बर्थिङ सेन्टर निर्माणका लागि अध्‍ययन भइरहेको छ : प्रधानमन्त्री

लुम्बिनीमा बर्थिङ सेन्टर निर्माणका लागि अध्‍ययन भइरहेको छ : प्रधानमन्त्री

नेपालखबर
चैत ७, २०८१ बिहिबार १३:२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले मातृशिशुको स्वास्थ्य अवस्था सुधार गर्न संघ, प्रदेश र स्थानीय तहका अस्वताल एवम् स्वास्थ्य संस्थाहरूबाट विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिनेक्रममा उनले लुम्बिनी प्रदेशमा सुविधा सम्पन्न बर्थिङ अस्पताल निर्माणका लागि नेपाल सरकार, थाइल्यान्ड अन्तर्राष्ट्रिय सहयोग नियोग र यूएनएफपीए नेपालको सहयोगमा सम्भाव्यता अध्ययन भइरहेको बताएका हुन्। 

उनले लुम्बिनी क्षेत्रको धार्मिक एवम् पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै सन् १९७८ मा डिजाइन स्वीकृत भएको लुम्बिनी गुरुयोजनाअनुसार निर्माण कार्यहरू भइरहेको जानकारी पनि गराए। 

त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्‍चालनका लागि सरकारले सम्बद्ध निकायहरूसँग छलफल गरी कार्ययोजना बनाइ कार्यान्वयन गरिरहेको दाबी गरे। 

यात्रु सेवा शुल्कमा छुट, ग्राउन्ड ह्यान्डलिङ, ल्यान्डिङ, पार्किङ एन्ड नेभिगेसन शुल्कमा छुट जस्ता सहुलियत एवम् प्रोत्साहनका कार्यक्रमहरू सञ्‍चालनमा ल्याएको र हाल अलजजिरा, फ्लाइ दुबई, एअर एसिया र नेपाल एअरलाइन्सले उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्‍चालन गरिरहेको ओलीको भनाइ छ। 

श्रम तथा रोजगार कार्यालय बुटवलबाट श्रम स्वीकृति प्रदान गर्न सुरु भएको उनले बताए। साथै, अध्यागमन, मुद्रा सटही लगायतका बैंकिङ सुविधा विमानस्थलमै प्रदान गर्ने व्यवस्था मिलाइएको र भविष्यमा उक्त विमानस्थललाई पूर्ण क्षमतामा सञ्‍चालन गर्नेगरी काम भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad