राजनीति


‘ग्रेट हिमालयन ट्रेल’ का पदयात्रीको सहयोगमा सरकार उदासिन बन्यो : वामदेव गौतम

‘ग्रेट हिमालयन ट्रेल’ का पदयात्रीको सहयोगमा सरकार उदासिन बन्यो : वामदेव गौतम

नेपालखबर
चैत ६, २०८१ बुधबार १६:१, काठमाडौँ

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले ताप्लेजुङदेखि दार्चुलासम्म फैलिएको १७ जिल्लाको ग्रेट हिमालयन ट्रेलको पदयात्रामा निस्किएका १२ नेपाली महिलाको खर्च व्यवस्थापनमा सरकार उदासिन रहेको बताएका छन्।

बुधबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन्। सांसद गौतमले पर्यटन क्षेत्रबाटै नेपाललाई चिनाउने उद्देश्य बोकेर यात्रामा गएका महिलाहरूको खर्च व्यवस्थापन सरकारले गर्नुपर्ने माग गरे। 

उनले भने, ‘नागरिक स्तरबाट नेपाली महिलाले नेपालका १७ हिमाली जिल्लामा फैलिएको ग्रेट हिमालयन ट्रेलको पदयात्रा गर्नु अत्यन्त सह्रानीय काम हो। ताप्लेजुङदेखि दार्चुलासम्म फैलिएको १७ सय किलोमिटर लामो यो पदमार्ग विकटता, उचाइ तथा मौसमलगायतका कारण निकै चुनौतिपूर्ण मानिन्छ। यस्तो चुनौतिपूर्ण यात्रामा नागरिकस्तरबाटै खाफ्नो खर्च व्यवस्थापनमा चल्नुपर्ने पर्ने पदयात्रामा सामेल सदस्यहरूले सुनाउँदा सरकार उदासिन भएको हो कि भन्ने लागेको छ।’

उनले एक हजार सात सय लामो पदयात्रा विकटता तथा मौसमका कारणले चुनौतिपूर्ण रहेको भन्दै पदयात्रीको आवश्यक सुरक्षाको व्यवस्था मिलाउनु पर्ने बताए।

राष्ट्रिय सभा सदस्य गौतमले चैत ३ गते पदयात्राका लागि हिँडेका १२ महिला पदयात्रीहरुको दैनिक यात्रामा सबै प्रकारका सहयोग र स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरे। उनले पदयात्रीहरूको सफलतापछि नेपालले ठूलो उपलब्धि हासिल गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad