राजनीति


नेपालका आन्दोलनमा नेता स्थापित र जनता विस्थापित भए : अमरेशकुमार सिंह

नेपालका आन्दोलनमा नेता स्थापित र जनता विस्थापित भए : अमरेशकुमार सिंह

नेपालखबर
चैत ६, २०८१ बुधबार १४:४१, काठमाडौँ

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपालमा भएका विभिन्न आन्दोलनमा नेताहरू स्थापित हुने र जनता विस्तापित हुने अवस्था सिर्जना भएको टिप्पणी गरेका छन्। 

बुधबारको प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य बिमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्नेक्रममा सिंहले यस्तो टिप्पणी गरेका हुन्। 

जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव कांग्रेस सांसद सुनिल शर्माले दर्ता गराएका हुन्। 

उनले भने, 'हामीले विभिन्न आन्दोलन गरेर नेताजीहरू स्थापित गर्‍यौँ, जनता स्थापित भएनन्, विस्थापित भए । मैले पीएचडी (विद्यावारिधि) गर्दा एउटा किताब पढेको थिएँ- मेकिङ अफ लालु यादव, अनमेकिङ विहार, ठ्याक्कै त्यस्तै मेकिङ अफ नेताजीहरू, जो विचौलियामार्फत प्रधानमन्त्री र मन्त्री  बन्नुभएको छ (अनमेकिङ अफ नेपाल) यसबारे म चाँडै किताब लेख्छु।’ 

उनले सरकारसँग बिमाको रकम ३ अर्ब भए पनि १७ अर्बको दायित्व किन थपिएको भन्दै प्रश्नसमेत गरे। 

पछिल्लो समय सरकारले स्वास्थ्य बिमाको रकम भुक्तानी गर्न बजेट अभाव भएको भन्दै यसलाई निरन्तरता दिन समस्या हुने बताएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad