राजनीति


दरबारियाहरू अगाडि बढ्ने दुस्साहस गरे : प्रचण्ड

दरबारियाहरू अगाडि बढ्ने दुस्साहस गरे : प्रचण्ड

नेपालखबर
चैत ४, २०८१ सोमबार १६:१७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजावादीहरूलाई दरबारीया भन्दै अगाडि बढ्ने दुस्साहस नगर्न चेतावनी दिएका छन्। 

सोमबार राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो चेतावनी दिएका हुन्। 

'यो व्यवस्थामा केही पनि भएन भन्नु गलत हो। हामीले केके गरियो भन्ने बुझाउन सकिएन,' उनले भने, 'अहिले इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस भइरहेको छ। दरबारियाहरू अगाडि बढ्ने दुस्साहस गरेका छन्।'

त्यस्तै उनले आफू नेतृत्वको पार्टी सरकारमा जाने विषयमा कांग्रेस-एमालेसँग कुनै छलफल नभएको पनि दाबी गरे।  

'सरकारमा जाने पार्टीको नीति छैन। त्यसमाथि सरकारको विषयमा मिलनविन्दु हामीले देखेका छैनौँ,' उनले भने,'सरकारमा जानेबारे औपचारिक कुरा पनि भएको छैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad