‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ विचार गरियोस भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा पेस भएको प्रस्ताव बहुमतले स्वीकृत भएको हो।
विधेयकमाथि संशोधन प्रस्ताव राख्न पनि समय खुला गरिएको छ। सभामुख देवराज घिमिरेले संशोधनका लागि सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको विधेयक शाखामा सम्पर्क राख्न सांसदहरूलाई भनेका छन्। योसँगै विधेयकमाथि छलफल हुने बाटो खुलेको छ।
69
Shares

प्रतिक्रिया