राजनीति


प्रचण्डको तस्बिर जलाउने राप्रपाका नेता पक्राउ

प्रचण्डको तस्बिर जलाउने राप्रपाका नेता पक्राउ

नेपालखबर
चैत ३, २०८१ आइतबार १३:३, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को तस्बिर जलाउनेलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ। 

प्रचण्डको तस्बिर जलाउने राप्रपाका नेता निराजन बमलाई चितवन प्रहरीको सहयोगमा मकवानपुर प्रहरीले चितवनबाट पक्राउ गरेको हो।  

शनिबार हेटौँडामा भएको पार्टीको कार्यक्रममा प्रचण्डको तस्बिर जलाइएको थियो। पक्राउ परेका बम राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता हुन्। 

कार्यक्रममा ती युवाले प्रचण्डविरुद्ध नारा लगाउँदै, गणतन्त्रविरुद्ध नारा लगाउँदै तस्बिर जलाएका थिए।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad