राजनीति


पूर्वराजालाई प्रचण्डले भने- भाइमारा, मूर्ति चोर र सुन तस्कर

पूर्वराजालाई प्रचण्डले भने- भाइमारा, मूर्ति चोर र सुन तस्कर

नेपालखबर
चैत १, २०८१ शुक्रबार १७:१७, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइ मारा र  मूर्ति चोर जस्ता गम्भीर आरोप लगाएका छन्।  आज शुक्रबार सिन्धुपाल्चोक मेलम्चीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पूर्वराजाको पछिल्लो सक्रियातामाथि टिप्पणी गर्दै यस्तो आरोप लगाएका हुन्। 

'२५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्‍याए भन्ने नेपाली जनताले बिर्सिएको छ? मूर्ति चोर को हुन्?,' उनले भने, 'नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजा? भाइमारा को हो? आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ? सुन तस्कर को हो? नेपाली जनताले बिर्सिएको भन्ठानेको?'

दाहालले आफू पहिलोपटक प्रधानमन्त्री हुँदैमा दरबार हत्याकाण्ड छानबिन गर्न खोजेको तर कार्यकाल पूरा नहुँदा छानबिन प्रभावित भएको दाबी गरे।  

'मैले पहिलोचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकपटक छानबिन गर्नुपर्नेछ भन्ने ठानेको थिएँ,' उनले भने, 'मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए एकपटक छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको ठेगान लगाउने विचार थियो।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad