राजनीति


एमाले पार्टी कार्यालयमा शिक्षकहरूको धर्ना, दिए जनआन्दोलनभन्दा ठूलो आन्दोलन गर्ने चेतावनी

एमाले पार्टी कार्यालयमा शिक्षकहरूको धर्ना, दिए जनआन्दोलनभन्दा ठूलो आन्दोलन गर्ने चेतावनी

एमाले पार्टी कार्यालय


नेपालखबर
फागुन २८, २०८१ बुधबार १४:२९, काठमाडौँ

शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको छ। आन्दोलनरत शिक्षकहरूले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा धर्ना दिएका छन्। शिक्षक महासंघको निर्णयअनुसार शिक्षकहरू आज एमाले पार्टी कार्यालय पुगेका छन्। शिक्षकहरूले मंगलबार नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा धर्ना दिएका थिए।  

दोस्रो दिनको धर्नाअन्तर्गत महासंघले एमाले पार्टी केन्द्रीय कार्यालय पुगेका शिक्षकहरूले थप आन्दोलनको चेतावनी पनि दिए। 

नेपाली शिक्षक, कर्मचारीहरू अन्तिमचरणको आन्दोलनमा रहेको र चैत्र २० गतेसम्म पनि सरकारले विगतका सबै सहमति सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन जारी नगरे अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिए।

धर्ना कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले धर्ना कार्यक्रमपछि रिले अनसनमा जाने र चैत्र २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिए। 

‘हामी दोस्रो दिनको धर्नाअन्तर्गत नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालयमा धर्नामा छौँ। यही दलबाट प्रधानमन्त्री पनि हुनुहुन्छ। अब नेपाली शिक्षक, कर्मचारीहरूले यो अन्तिम चरणको आन्दोलनको रुपमा अघि बढाइरहेका छौँ। यसपछि रिले अनसनमा जान्छौँ,' उनले भने, 'चैत्र २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन हुन्छ, देशभरका सबै शिक्षक कर्मचारी काठमाडौंमा आएर जनआन्दोलन भन्दा ठूलो आन्दोलन शिक्षक, कर्मचारीले गर्दैछौँ। त्यसलाई बुझेर संसदको समिति, सरकारलाई चाँडो भन्दा चाँडो विगतमा भएका सबै सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन ल्याउन माग गर्दछौँ। कि जितिन्छ, कि बितिन्छ त्यो मानसिकताबाट हामी आन्दोलनमा छौँ।’

कि जितिन्छ, कि बितिन्छ भन्ने मानसिकताबाट आफूहरू अघि बढिरहेको उनको भनाइ छ। उनीहरूले शिक्षा अध्याँरो जीवनलाई उज्यालोतर्फ डो¥याउने माध्यम भएकाले सामान्य रुपमा नलिन आग्रह गरे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad