१५ मिनेटका लागि स्थगित भएको संसद् बैठक अझै सुरु हुन सकेको छैन।
बुधबार बिहान ११ बजेदेखि सुरु भएको संसद् बैठकमा सरकारका मन्त्री कोही पनि उपस्थित नभएपछि स्थगित भएको थियो।
सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएकाले १५ मिनेटका लागि भन्दै बैठक स्थगित गरेका थिए। बिहान ११:२० बजेदेखि स्थगित भएको बैठक अझै सुरु नभएको हो।
संसद बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सरकारको प्रतिनिधिको रुपमा कुनै पनि मन्त्री उपस्थित नभएकाले बैठक स्थगित गर्न माग गरेका थिए।
त्यसपछि सभामुख घिमिरेले संसद बैठक स्थगित गरेका हुन्। संसद बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ।
6
Shares

प्रतिक्रिया