नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमा घमण्ड र कुन्ठा देखिएको टिप्पणी गरेका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रतिपक्षी दलको नेता रोस्टममा उभिँदा प्रधानमन्त्री सदनमा हुनुपर्ने तर नभएको भन्दै यस्तो बताएका हुन्।
'प्रतिपक्ष दलको नेता रोष्ट्रममा उभिँदा प्रधानमन्त्रीको घमण्ड हो कि संस्कारहिनता हो कि कुन्ठा हो त्यसको जवाफ आफैँ खोज्नुहोला आत्मालोचना गर्नुहोस्,' उनले भने ।
त्यस्तै उनले लोकतन्त्र प्रचण्ड र व्यक्तिका रुपमा ज्ञानेन्द्र शाहको बराबर रहेको हुँदा त्यसलाई गलत ढंगले प्रयोग नगर्न चेतावनी दिएका छन्।
132
Shares

प्रतिक्रिया