नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्नका लागि जनमत पार्टीले तीन सदस्यीय कार्यदल गठन गरेको छ। सोमबार बर्दिबासमा सिके राउतको नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्न अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी सदस्य रहेको कार्यदल बनाएको हो।
बैठकले नागरिक उन्मुक्तिसहित विचार मिल्ने दलसँग एकता गर्नका लागि यही कार्य दलले नै छलफल गर्ने निर्णय गरेको छ।
बैठकले संगठन विस्तार, भ्रातृसंगठनमा जोडलगायतका विषयमा निर्णय गरेको छ।
126
Shares

प्रतिक्रिया