ग्लोबल


मुम्बईबाट न्युयोर्कका लागि उडेको विमानमा बम राखेको धम्की आएपछि फर्काइयो

मुम्बईबाट न्युयोर्कका लागि उडेको विमानमा बम राखेको धम्की आएपछि फर्काइयो

नेपालखबर
फागुन २६, २०८१ सोमबार २०:१३, काठमाडौँ

सोमबार बिहान भारतको मुम्बईबाट न्युयोर्कका लागि उडेको एअर इन्डियाको जहाज एआई-११९ मा बम राखिएको धम्की आएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार ८ घण्टा ३७ मिनेट उडिसकेपछि विमान फेरि मुम्बई फर्काइयो। विमानमा ३२२ यात्रु र १९ जना चालक दलका सदस्य थिए।

एयर इन्डियाले उडानको शौचालयमा बम धम्कीपूर्ण पत्र फेला परेको बताएको छ।

सुरक्षा प्रोटोकललाई ध्यानमा राख्दै विमानलाई बीच बाटोबाटै मुम्बई फर्काउने निर्णय गरियो। विमान बिहान १०:२५ बजे मुम्बई आइपुगेको थियो। 

तर बम फेला परेन। धम्की झुटो भएको पाइयो। 

अब उक्त उडान मंगलबार (मार्च ११) बिहान ५ बजेका लागि तय गरिएको इन्डिया एअरलाइन्सले जनाएको छ।

यात्रुहरूलाई होटलमा बसोबास, खानालगायत आवश्यक बन्दोबस्त मिलाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad