राजनीति


राजावादीलाई काउन्टर दिन सल्लाह गर्दैछौँ : प्रचण्ड

राजावादीलाई काउन्टर दिन सल्लाह गर्दैछौँ : प्रचण्ड

नेपालखबर
फागुन २६, २०८१ सोमबार १८:२४, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार राजावादीहरुको प्रदर्शनबाट आफू विचलित नभएको बताएका छन्।  सोमबार सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेर बाहिरिनेक्रममा दाहालले यस्तो प्रतिक्रिया दिएका हुन्। 

राजावादीहरुको प्रदर्शनले मन, मुटु हल्लिएको हो? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, 'यो प्रदर्शनले केही हल्लाएको छैन। केही भएको छैन । केको डराउनु। त्यस्तो लडाईंको बीचमा त डराइएन यहाँ त अहिले।’ 

अध्यक्ष दाहालले राजावादीको प्रदर्शनको जिम्मवारी सरकारले लिनुपर्ने पनि बताए। उले सरकारले जनताका लागि काम गर्न नसक्दा जनता निराश भएको बताए।

'अहिलेको सरकार जुन ढंगले बन्यो, जनतामा निकै ठूलो निराशा र आक्रोश छ । जनताको समस्याका बारेमा सरकारको ध्यान केन्द्रित भएको अझै देखिँदैन। सेटिङमा नै आफ्नै मान्छे भर्ती गर्ने, नियुक्ति गर्नेतिर केन्द्रित भएकाले जनतामा निकै ठूलो फ्रस्टेसन छ,' उनले भने, 'त्यसले गर्दा नै प्रतिक्रियावादी शक्तिहरुले त्यसलाई मौका पाएको जस्तो देखिन्छ। हामी सल्लाह गर्दैछौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad