राजनीति


प्रजातन्त्रको विकल्प अरु तन्त्र हुँदैन : एनपी साउद

प्रजातन्त्रको विकल्प अरु तन्त्र हुँदैन : एनपी साउद

नेपालखबर
फागुन २६, २०८१ सोमबार १६:३०, काठमाडौँ

नेपाली कांग्रेसका नेता एनपी साउदले प्रजातन्त्रको विकल्प अरू कुनै तन्त्र हुन नसक्ने बताएका छन्। संघीय राजधानी काठमाडौंमा राजावादीहरूले आइतबार गरेको प्रदर्शनतर्फ लक्षित गर्दै उनले प्रजातन्त्रको विकल्प प्रजातन्त्रमात्रै हुने बताएका हुन्।

‘प्रजातन्त्रको विकल्प प्रजातन्त्रमात्रै हुन सक्छ,’ कैलालीको धनगढीमा जारी कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको उद्घाटन समारोहमा नेता साउदले भने।  

उनले प्रजातन्त्रले कुनै विकल्पलाई निषेध भने नगरेको स्पष्ट पार्दै प्रजातान्त्रिक प्रक्रियाको माध्यमबाट आउने विकल्पलाई संविधानले जहिले पनि अंगिकार गर्दै आएको स्मरण गरे। 

‘अहिले प्रजातन्त्रले कुनै विकल्पलाई निषेध पनि गरेको छैन,’ पूर्वपरराष्ट्रमन्त्री साउदले भने, ‘प्रजातान्त्रिक प्रक्रियाको माध्यमबाट आउने विकल्पलाई हाम्रो संविधानले जहिले पनि अंगिकार गर्दै आएको छ।’ उनले संसद्मा रहेका कम्युनिस्ट र सडकमा रहेका राजावादीबाट जुनसुकै बेलामा पनि प्रजातन्त्रमाथि प्रहार हुन सक्ने भन्दै कांग्रेस सहज रहनुपर्नेम जोड दिए। 

‘आज मुलुकको अवस्था जटिल छ। संसद्भित्रै हेर्ने हो भने कम्युनिस्टहरूको दुईतिहाइ संख्या छ। सडकमा हेर्ने हो भने हिजो जनआन्दोलनको प्रक्रियाबाट हामीले इतिहासको भग्नावशेषमा सुताइसकेकाहरू पनि ब्युँतिन खोज्दै छन्,’ साउदले भने, ‘त्यसकारण यी शक्तिहरूबाट जनुसुकै बेलामा पनि प्रजातन्त्रलाई, प्राजतान्त्रिक संविधानलाई, नेपाली जनताका उपलब्धि र आकांक्षालाई प्रहार हुन सक्ने भएकाले नेपाली कांग्रेस जहिले पनि सजग, सचेत, चनाखो रहनुपर्ने आवश्यकता छ।’ 

संविधान, संवैधानिक प्रक्रिया र नेपाली जनताले संघर्ष गरेर ल्याएको प्रजातन्त्र/गणतन्त्रविरुद्ध कुनै शक्ति जुर्मुराउन खोजे त्यसलाई परास्त गर्न कांग्रेसअगाडि आउने पनि साउदले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad