राजनीति


पूर्वराजाको स्वागतलाई समर्थन गर्ने पर्यटन प्रवर्द्धकलाई सरकारले सोध्यो स्पष्टीकरण

पूर्वराजाको स्वागतलाई समर्थन गर्ने पर्यटन प्रवर्द्धकलाई सरकारले सोध्यो स्पष्टीकरण

नेपालखबर
फागुन २५, २०८१ आइतबार १९:०, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशलाई स्वागत गर्दै ऐक्यबद्धता जनाएका पोर्चुगल लिजवन सहरका पर्यटन प्रवर्द्धक रमेश बास्तोलालाई सरकारले स्पष्टीकरण सोधेको छ। 

बास्तोलाले शनिबार आफ्नो फेसबुकमार्फत शाहको स्वागतका लागि राजावादीहरूले गरेको कार्यक्रममा ऐक्यबद्धता जनाउँदै विज्ञप्ति जारी गरेका थिए।  

'श्री ५ महाराजधिराज सरकारको शुभकामना सन्देशको स्वागत तथा ऐक्यबद्धता' विषयक पत्र सार्वजनिक गरी आफ्नो पदीय जिम्मेवारीविपरीत कार्य गर्नुका साथै सरकारी लोगो तथा लेटरप्याडको समेत दुरुपयोग गरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ' संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भनेको छ।  

मन्त्रालयका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जारी विज्ञप्तिमा गैरजिम्मेवारीपूर्ण कार्य गरेकाले किन नहटाउने भन्दै २४ घन्टे स्पष्टीकरण सोधेका हुन्।  

बास्तोला सुदन किराँती पर्यटनमन्त्री हुँदा २०८० फागुन १३ गते नियुक्त भएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad