राजनीति


तारेख धाउँदै रवि, कास्कीपछि रुपन्देही

तारेख धाउँदै रवि, कास्कीपछि रुपन्देही

पोखरा जान पत्नी निकिताका साथमा आज बिहान त्रिभुवन विमानस्थलमा रवि लामिछाने


नेपालखबर
फागुन २५, २०८१ आइतबार ११:२४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दोस्रो तारेखका लागि आज कास्की जिल्ला अदालतमा उपस्थित हुँदै छन्।

कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दामा पुस २५ गते ६५ लाख धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री रवि अहिले तारेख धाइरहेका हुन्। 

दोस्रो तारेखका लागि आज बिहान उनी काठमाडाैँबाट पाेखरा प्रस्थान गरेका छन्। पोखरा जान उनी पत्नी निकिता पौडेलसँगै त्रिभुवन विमानस्थलमा देखिएका छन्। यसअघि उनी माघ २५ गते पहिलो तारेख बुझ्न कास्की अदालत उपस्थित भएका थिए।   

कास्की अदालतमा आज तारेख बुझेर उनी लगत्तै सोमबार रुपन्देही जिल्ला अदालत उपस्थित हुने लामिछानेको सचिवालयले जनाएको छ। 

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पनि रवि १ करोड रुपैयाँ धरौटी माघ १३ गते बुझाएर छुटेका हुन्। 

यस्तै उनी चितवनको साहारा चितवन सहकारी ठगीमा ५४ लाख रुपैयाँ धरौटी बुझाएर माघ २४ गते छुटेका हुन्। 

रविलाई काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दा पनि लागेको छ। उनी यस मुद्दामा माघ २ गते ६० लाख धरौटी बुझाएर छुटेका हुन्।

रविविरुद्ध पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ। त्यहाँ भने मुद्दा दर्ता गर्न बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad