खेल


च्याम्पियन्स ट्रफीको फाइनल आज, भारत र न्युजिल्यान्ड भिड्दै

च्याम्पियन्स ट्रफीको फाइनल आज, भारत र न्युजिल्यान्ड भिड्दै

नेपालखबर
फागुन २५, २०८१ आइतबार ११:३२, काठमाडौँ

च्याम्पियन्स ट्रफीको फाइनल आज (आइतबार) दिउँसो पौने ३ बजे हुँदैछ। समूह चरणका १२ खेल र दुई सेमिफाइनलपछि भारत र न्युजिल्यान्ड उपाधिका लागि भिड्न लागेका हुन्।

समूह ए बाट सँगै अगाडि बढेका यी टोलीले सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिकालाई हराएर आइतबार उपाधि भिडन्त पक्का गरेका हुन्। यसअघि समूह चरणमा भारतले न्युजिल्याण्डलाई ४४ रनले पराजित गरेको थियो। 

फाइनल खेल दुबई अन्तर्राष्ट्रिय रंगशाला हुनेछ। भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई हराएपछि, फाइनल खेल दुबईमा तय भएको हो। यदि भारतबिनाको फाइनल हुन्थ्यो भने पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा आयोजना हुने थियो।

तर रोहित शर्माको कप्तानीमा रहेको टोलीले उपाधि यात्रा तय गर्‍याे।

यदि आइतबार खेल सम्पन्न हुन सकेन भने फाइनलको लागि रिजर्भ डे सोमबारलाई राखिएको छ। आइतबार र सोमबार दुवै दिन २ घण्टा अतिरिक्त समय पनि उपलब्ध हुनेछ। 

खेल हुनका लागि कम्तिमा एक इनिङ्समा २५ ओभरको खेल हुन आवश्यक छ। यदि आइतबार नै खेल सुरु भयो र सम्पन्न भएन भने रोकिएकै ओभरबाट खेल अगाडी बढ्नेछ।

तर फाइनल खेल दुवै दिनमा वर्षाले रद्द भयो भने ट्रफी दुवै टोलीले बाँड्नेछन्। समूह चरणमा जस्तै, खेल बराबरी भएमा सुपर ओभर खेलाइनेछ।

यसअघि वर्षाका कारण खेल रद्द हुँदा सन् २००२ मा श्रीलंका र भारतले उपाधि बाँडेका थिए।

यो च्याम्पियन्स ट्रफीको नवौँ संस्करण हो। सन् १९९८ मा पहिलो उपाधि दक्षिण अफ्रिकाले जितेको थियो। त्यसपछि सन् २००० मा न्यूजील्याण्ड, २००२मा भारत र श्रीलंका, २००४ मा वेस्ट इन्डिज, २००६ मा अष्ट्रेलिया, २००९ मा अष्ट्रेलिया, २०१३ मा भारत र २०१७ मा पाकिस्तानले च्याम्पियन्स ट्रफी जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad