राजनीति


ललितपुर महानगर प्रमुख र रुसका राजदूतबीच भेटवार्ता

ललितपुर महानगर प्रमुख र रुसका राजदूतबीच भेटवार्ता

नेपालखबर
फागुन २२, २०८१ बिहिबार १८:३८, पाटन

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपालका लागि रुसका राजदूत एलेक्स नोबीकोबबीच आज यहाँ भेटवार्ता भएको छ।

महानगरका प्रमुख चिरीबाबु महर्जनको नेतृत्वमा आगामी साता रुसको उलान उदे सहरसँग भगिनी सम्बन्ध कायम गर्न जानुअघि नगर प्रमुख महर्जन र राजदूतबीच भेटवार्ता भएको हो।

महानगर प्रमुख चिरीबाबु महर्जनले महानगर र रुसको सहरबीच हुने भगिनी सम्बन्धले रसिया र नेपालका नागरिकबीच प्रगाढ सम्बन्ध स्थापित गर्नका लागि कोसेढुङ्गा सावित हुने बताए।

‘असल अभ्यासहरु आदानप्रदान गर्नका लागि यो सम्बन्ध महत्वपूर्ण हुनेछ, यसअघि पनि ललितपुर महानगरले कोरियाको चेओरन सहरसँग भगिनी सम्बन्ध कायम गरेको छ, जसबाट कृषि क्षेत्रमा ललितपुरलाई चेओरन सहरले सहयोग गर्दै आएको छ’, उनले भने।

भेटवार्ताका क्रममा नगरप्रमुख महर्जनले ललितपुर महानगरले सम्पदा संरक्षण, हरियाली प्रवद्र्धन र वातावरण संरक्षणमा गरेको कामबारे राजदूत नोबीकोबलाई जानकारी गराएका थिए।

भेटवार्तामा ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, संस्कृति पर्यटन तथा उद्योग समितिका संयोजक एवं वडा नं ५ का वडाध्यक्ष विकासमान श्रेष्ठ, महानगरका अन्तर्राष्ट्रिय सल्लाहकार मुकुन्द विष्टसमेत सहभागी थिए।

राजदूत एलेक्स नोबीकोबले पानी शुद्धीकरणका क्षेत्रमा काम गर्दै आएको रसियन हाइड्रोसम्बन्धी कम्पनीसँग भेट गर्न सल्लाह दिए।

उनले रसियाको सहरसँग भगिनी सम्बन्ध कायम हुन लागेको जानकारी पाउँदा खुसी लागेको बताउँदै दुई सहरबीचको एकता र सहकार्यका सन्दर्भ पनि छलफल हुने विश्वास व्यक्त गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad