नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रश्न सोधेकै आधारमा पत्रकारको प्रवेशपास निलम्बन गरिएको विषयमा आपत्ति जनाएका छ्न्।
बुधबार संसद् भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै घिमिरेले कांग्रेस प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताएका हुन्।
घिमिरेले प्रश्न सोधेकै आधारमा पत्रकारमाथि कारबाही हुनु उचित नभएको भन्दै संसद् सचिवालयसँग यस विषयका छलफल गर्ने पनि बताए।
उनले मर्यादित भएर प्रश्न गर्न पत्रकारहरूलाई आग्रह गर्दै कारबाही फिर्ताको विषयमा छलफल पनि गरिने पनि बताए।
संघीय संसद् सचिवालयका महासचिवस्तरको निर्णयबाट पत्रकारद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको प्रवेश पास निलम्बन गरेको छ। प्रकाश सुनौलो नेपाल र किशोरकुमार युवामन नामक युट्युब च्यानलमा कार्यरत छन्।
उनीहरूले संसद् भवन परिसरमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोध्नेक्रममा 'हिटलर' शब्द प्रयोग गरेका थिए। यसै शब्दलाई लिएर निलम्बन गरिएको संसद् सचिवालयले जनाएको छ।
Shares

प्रतिक्रिया