राजनीति


उदयपुर सिमेन्टका श्रमिकले ज्याला नपाएको भन्दै सरकारको ध्यानाकर्षण

उदयपुर सिमेन्टका श्रमिकले ज्याला नपाएको भन्दै सरकारको ध्यानाकर्षण

नेपालखबर
फागुन २१, २०८१ बुधबार १३:४७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उदयपुर सिमेन्ट उद्योगमा काम गरेका श्रमिकहरुले तीन वर्षदेखि ज्याला नपाएको बताएका छन्।  

प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै उनले उद्योगमा काम गर्ने श्रमिकहरूमध्ये तीन जनाको मृत्यु भइसकेको र एकजना किड्नी फेल भएर अस्पताल भर्ना हुँदा समेत सरकारले ज्यालावापत पाउनुपर्ने रकम नदिएको आरोप लगाए। 

‘उदयपुर सिमेन्ट उद्योगका ३ वर्षअगाडि नै अवकास प्राप्त गरिसकेका एकसय तीन जना अहिलेसम्म पनि कुनै सुविधा पाएका छैनन्,' उनले भने, 'जसमध्ये अशोक चौधरी, उपेन्द्र रखाल र देवी बजागाईंको मृत्यु भइसकेको छ। साथै हेमकुमार दाहाल किड्नि फेल भएर अस्पतालमा छन् । उपचार गर्न सरकारले पैसा दिएको छैन। नागरिकले आफूले रोजगारी गरेवापत पाउनुपर्ने रकम किन पाइराखेको छैन।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad