राजनीति


बुधबारको संसद् बैठकमा उपस्थित हुन सांसदलाई कांग्रेस-एमालेको ह्विप

बुधबारको संसद् बैठकमा उपस्थित हुन सांसदलाई कांग्रेस-एमालेको ह्विप

नेपालखबर
फागुन २०, २०८१ मंगलबार १६:०, काठमाडौँ

बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सहभागी हुन सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदलाई ह्विप जारी गरेका छन्। 

फागुन २१ गते (बुधबार) बस्ने बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुन हुने जानकारीसहित दुवै दलले सांसदलाई ह्विप लगाउँदै अनिवार्य उपस्थित हुन भनेका हुन्। 

भूमि अध्यादेश रोकेर ५ अध्यादेश प्रतिनिधिसभामा बुधबार निर्णयार्थ पेस गरिने 

सांसदलाई पठाइएको सन्देशमा भनिएको छ, 'फागुन २१ गते १ बजे बस्ने संसदको बैठकमा अध्यादेशहरू स्वीकृतिका लाागि प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो ह्विप जारी गरिन्छ।' 

यी हुन् निर्णयार्थ पेस हुने अध्यादेश 
-सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१

- आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१

- निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ 

- आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१

- सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad