कोसी अस्पताल, विराटनगरमा रेडियोग्राफर पदमा कार्यरत जितेन्द्र भनिने जितेन चौधरी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
अस्पतालको सीटी स्क्यान विभागमा चौधरीको बीएससी तहको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा रहेको अख्तियारको ठहर छ।
चौधरीले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को सदस्य हुन् राजिभ गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट जारी भएको बीएससीको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी रेडियोग्राफर पदमा कार्यरत रहेको आरोप लागेको छ।
सो पदमा मिति २०७२ माघ १ गते नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेकोले निज जितेन चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा ९१० बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
Shares

प्रतिक्रिया