राजनीति


एमालेले भन्यो : सम्बन्धित पक्षसँग छलफल गरी पाथीभरा केबलकार निर्माण अघि बढाउनुपर्छ

एमालेले भन्यो : सम्बन्धित पक्षसँग छलफल गरी पाथीभरा केबलकार निर्माण अघि बढाउनुपर्छ

नेपालखबर
फागुन १८, २०८१ आइतबार १९:३८, काठमाडौँ

सत्तारुढ दल नेकपा एमालेले पाथीभरा केबलकार निर्माणका सन्दर्भमा उत्पन्न भएको विवादमा स्थानीय जनप्रतिनिधिहरु, स्थानीय प्रशासन र सरोकारवाला समूहहरुसँग छलफल गरेर केबलकार निर्माण प्रक्रिया अघि बढाउनुपर्ने बताएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। बैठकका निर्णय सुनाउँदै पार्टीका महासचिव शंकर पोखरेलले ताप्लेजुङमा रहेको प्रसिद्ध पाथीभरा केबलकार निर्माणका सन्दर्भमा उत्पन्न भएको विवादमा स्थानीय जनप्रतिनिधिहरु, स्थानीय प्रशासन र सरोकारवाला समूहहरुसँग छलफल गरिकन समस्यालाई समाधान गर्ने बताए।

केबलकार निर्माणको प्रक्रियालाई अगाडि बढाउनका लागि सहज वातावरण बनाउने बारेमा सरोकारवाला समूहहरुसँग छलफल गरेर अघि बढ्ने कुरामा पार्टीले चासो राखेको बताए।

उनले भने, ‘ताप्लेजुङमा रहेको प्रसिद्ध पाथीभरा केबलकार निर्माणका सन्दर्भमा उत्पन्न भएको विवादमा स्थानीय जनप्रतिनिधिहरु, स्थानीय प्रशासन र सरोकारवाला समूहहरुसँग छलफल गरिकन समस्यालाई समाधान गर्ने र केबलकार निर्माणको प्रक्रियालाई अगाडि बढाउनका लागि सहज वातावरण बनाउने बारेमा सरोकारवाला समूहहरुसँग छलफल गरेर अघि बढ्ने कुरामा पार्टीले चासो राखेको छ।’

एमालेले पाथीभरा केबलकार निर्माणको विवाद अन्त्य गरी सहज वातावरण बनाउने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad