जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संसद अधिवेशन आह्वान गर्नुपर्ने बेलामा सरकारले महत्वपूर्ण कानुनहरू अध्यादेशमार्फत ल्याउनु सरकारको कुत्सित स्वार्थ तथा मानसिकता देखिएको आरोप लगाएका छन्।
आइतबार पार्टी केन्द्री समितिको बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन प्रश्तुत गर्दै अध्यक्ष यादवले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश देश र जनताको हितमा नरहेको तथा रियल स्टेट र भू–माफिया तथा दलालहरूको पक्षपोषण गर्ने खालको रहेको बताएका हुन्।
उनले सरकारले भूमिसम्बन्धी अध्यादेश तराई/मधेसको वनजंगल, सार्वजनिक जग्गा, आफ्ना पार्टीका कार्यकर्ताहरूमा वितरण गर्ने उद्देश्यका साथ ल्याएको आरोप समेत लगाए।
संसद्बाट भूमिसम्बन्धी अध्यादेश फिर्ता नगरुन्जेलसम्म बाँकी पाँच वटा अध्यादेशहरूलाई पनि सहयोग र समर्थन नगर्ने आफ्नो अडानको कारण अहिलेसम्म सरकारले सदनमा अध्यादेश प्रस्तुत गर्न नसकेको उनको दाबी छ।
Shares

प्रतिक्रिया