राजनीति


‘अमेरिकाले युक्रेनलाई धम्क्याएको घटनाले शक्ति राष्ट्र कति निर्मम हुँदा रहेछन् भन्ने देखियो’

‘अमेरिकाले युक्रेनलाई धम्क्याएको घटनाले शक्ति राष्ट्र कति निर्मम हुँदा रहेछन् भन्ने देखियो’

नेपालखबर
फागुन १७, २०८१ शनिबार १९:९, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको विवादलाई स्वाभीमान देशहरूले सकारात्मक रुपमा लिन सकिने बताएका छन्।  

नेकपा एमाले मोरङको दशाै जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले यस घटनाले शक्ति राष्ट्र कति निर्मम हुँदा रहेछन् भन्ने पनि प्रष्ट भएको बताएका हुन्।  

'तीन वर्षसम्म लगातार द्वन्द्वमा होमियो, अहिले आएर भएको खनिज हामीलाई दिने भए ठिक छ, हैन भने आत्मसमर्पण गर भनिरहेको छ,' उनले भने, 'दसाैँ हजारको मृत्यु भएको छ, दसाैँ लाख विस्थापित भएका छन् अहिले आएर आत्मसमर्पण गर भन्दै छ। शक्ति राष्ट्रहरू कति निर्मम हुँदा रहेछन् र त्यसबाट साना देशहरू कसरी पिल्सिएका छन् भन्ने त्यो छलफलले पुष्टि गरेको छ।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad