राजनीति


काठमाडौँसहित खाली रहेका ठाउँमा एक हप्ताभित्रै प्रमुख प्रशासकीय अधिकृत पठाउँछौँ: मन्त्री गुप्ता

काठमाडौँसहित खाली रहेका ठाउँमा एक हप्ताभित्रै प्रमुख प्रशासकीय अधिकृत पठाउँछौँ: मन्त्री गुप्ता

नेपालखबर
फागुन १२, २०८१ सोमबार १९:४९, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रमुख प्रशासकीय अधिकृत खाली भएको ठाउँमा एक हप्ताभित्रै पठाउने बताएका छन्।

सोमबार संसद भवन परिसरमा सञ्चरकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सहसचिवहरु लोकसेवा आयोगबाट बढुवा भएर आएको र अहिले तालिमका क्रममा रहेकाले एक हप्ताभित्र प्रमुख खाली रहेका ठाउँमा प्रमुख प्रशासकीय अधिकृत पठाउने बताए।

उनले भने, ‘अब अहिले सहसचिवहरु लोकसेवा आयोगबाट बढुवा भएर आउनुभएको छ। उहाँहरूको तीन दिनको ट्रेनिङ बाँकी छ। अब पाँच, ६ दिनभित्र काठमाडौं महानगर लगायत प्रमुख प्रशासकबिहीन भएका महानगर, उपमहानगरहरुमा पठाउँछौँ। महानगर मेरो पनि हो। संघीय मामिला मन्त्रालयको त्यो एउटा कार्यालय हो। मेयर सायव को हुनुहुन्छ, त्यो पछिको कुरा हो। काठमाडौं महानगर मेरो कार्यालय हो। त्यहाँ प्रमुख अधिकारी पठाउने काम मेरो हो।’

उनले काठमाडौँ महानगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत खाली रहेको र अब केही दिनमै पठाउने प्रतिवद्धता जनाए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad