राजनीति


डोनाल्ड ट्रमले नेपालमाथि उल्टो प्रहार गरे : गोकुल बाँस्कोटा

डोनाल्ड ट्रमले नेपालमाथि उल्टो प्रहार गरे : गोकुल बाँस्कोटा

नेपालखबर
फागुन ११, २०८१ आइतबार १५:२३, काठमाडौँ

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपालमाथि उल्टो प्रहार भएको बताएका छन्। नव निर्वाचित अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमको अभिव्यक्तिमाथि टिप्पणी गर्दै आइतबारको संसद्‌ बैठकमा बास्कोटाले यस्तो बताएका हुन्।

‘अमेरिकाले लामो समयदेखि नेपाललाई सहयोग गर्दै आयो। आफ्ना एजेन्सी, दूतावासमार्फत र सरकारमार्फत। हामीले त्यसलाई स्वीकार गर्‍यौँ’, उनले भने ‘तर आज हामी फ्रड (ठग) बनेका छौँ। बनाइएका छौँ। यो उल्टो प्रहार सुरु भएको छ। जसले नेपालको राष्ट्रिय स्वाधिनता र यसको अन्तराष्ट्रि य छविमाथि पनि आँच लिएर आएको छ। गहिरो चोट लागेको छ।’

उनले ठग्ने काम हामीले गरेको कि अमेरिकाले गरेको भन्दै प्रश्न गरे। बास्कोटाले अब सहयोग लिनेबेलामा कुन लिने र कुन नलिने भन्ने कुरा प्रष्ट पार्नुपर्ने बताए। सहयोगले जनतामा के परिवर्तन ल्याउँछ भन्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad