संसद्को राज्यव्यवस्था समितिले निजामती विधेयकमा विवादित विषय टुंग्याउन ११ सदस्यीय उपसमिति गठन गरेको छ। समितिलाई एक महिनाको समय दिइएको छ।
आजको राज्यव्यवस्था समितिको बैठकमा सभापति रामहरि खतिवडाले उपसमितिमा रहने नाम प्रस्ताव गरेका थिए। उपसमितिको संयोजकको जिम्मेवारी दिलेन्द्र बडूलाई दिइएको छ।
समितिका अन्य सदस्यमा अशोक राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लीलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ल र हितराज पाण्डे छन्।
आजको बैठकमा समितिको एउटा बैठकमा एक दफा पनि नटुंगिएको भन्दै उपसमिति गठन गर्नुपर्नेमा सदस्यले जोड दिएका थिए।
समितिले एक महिनामा प्रतिवेदन बुझाउने छ। विधेयकमा भएको १० दफामध्ये २ वटामा मात्रै सहमति भएपछि उपसमिति बनाएर टुंग्याउन लागिएको खतिवडाको भनाइ छ।
Shares

प्रतिक्रिया