राजनीति


शंकर पोखरेलको तर्क: त्यस्ता अनुदानलाई ‘फ्रड’ भनेका हुन् भने त्यसको नैतिक दायित्व ती मुलुककै

शंकर पोखरेलको तर्क: त्यस्ता अनुदानलाई ‘फ्रड’ भनेका हुन् भने त्यसको नैतिक दायित्व ती मुलुककै

एमाले महासचिव शंकर पोखरेल र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
फागुन ९, २०८१ शुक्रबार ११:१४, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिने गरिएको आर्थिक सहयोगलाई ‘फ्रड’ (ठगी) भनेपछि यहाँ बहस सिर्जना भएको छ। 

यस विषयमा खासगरी जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरूले टिप्पणी गरिरहेका छन्। 

यसै क्रममा सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको प्रतिरक्षा गर्दै विदेशी अनुदान फ्रड हो भने त्यसको जिम्मेवार पनि सहयोग गर्ने मुलुक नै हुने तर्क गरेका छन्। 

‘विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिशत हिस्सा सम्बन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन्’, महासचिव पोखरेलले शुक्रबार बिहान फेसबुकमा लेखेका छन्, ‘त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हुन् भने त्यसको नैतिक दायित्व पनि ती मुलुककै होला नि! गरिबीमाथिको अपमानबाट जोगिन आफ्नो देश आफैँ बनाउने अभियानमा जुटौ र भनौँ- हामी बनाउछौँ, हाम्रो देश नेपाल।’

अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार मात्रै नेपालको संघीयता सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर सहयोग रोक्दै यसलाई ठगीको संज्ञा दिएका थिए।

यसमा सत्तामै रहेको नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले भने ट्रम्पको टिप्पणीले धेरै प्रश्न उठेको भन्दै स्वदेशकै जिम्मेवार व्यक्तिहरूविरुद्ध छानबिन गरिनुपर्ने माग गरेका थिए। 

ट्रम्पको टिप्पणीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले समेत जवाफ फर्काएका छन्। उनले बिहीबार राति फेसबुकमा ट्रम्पलाई मेन्सन गर्दै अमेरिकालाई अल्छीहरूको देश भनी आरोप लगाएका हुन्। साथै डीभी बन्द गर्न पनि उनले ट्रम्पलाई आग्रह गरेका छन्।

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
    ad ad