राजनीति


प्रचण्डलाई सूर्य थापाको प्रश्न : २० महिनासम्म यती, ओम्नीको छानबिन किन गर्नुभएन?

प्रचण्डलाई सूर्य थापाको प्रश्न : २० महिनासम्म यती, ओम्नीको छानबिन किन गर्नुभएन?

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १५:५२, काठमाडौँ

नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै शेरा दरबार प्रकरणमा कानुन र निकायहरूले छानबिन गरिरहेको बताएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले शेरा दरबार काण्ड सतहमा आएको र यसबारे अध्यक्ष दाहालले ओठे जवाफ दिएको भन्दै ओठे जवाफले छानबिन नहुने बतए।

उनले छानबिन गर्ने कानून र निकायहरूले छानबिन गरिरहेको स्पष्ट पारे।

उनले भने, ‘शेरा दरबार काण्ड आदि सतहमा आएका छन्। ओठे जवाफ दिनेगरी मलाई छानबिन गरियोस् भनिएको छ। छानबिन ओठे जवाफका आधारमा हुँदैन। छानबिन गर्ने कानून र निकायहरुले गर्दछन्। कानून र निकायहरूले तिनलाई हेरिरहेका छन्।’

सांसद थापाले देशमा भ्रष्टाचार भयानक रोगका रुपमा मौजुद रहेको भन्दै विभिन्न भ्रष्टाचारका प्रकरणहरु उचाल्ने तर अनुसन्धान नगर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताए।

उनले भने, ‘काण्डहरु उचाल्ने मुख सत्तापक्षमा हुँदा चुपचाप रहन्छन् वा सरकार सञ्चालन गरिरहँदा मौन बस्छन्। विपक्षमा पुग्दा चुलबुल गरिरहेको पाइन्छ। २० महिनासम्म देशमा कुनै काण्ड र भ्रष्टाचार थिएन जस्तो गरेर बोल्ने, मानौँ राम राज्य थियो जस्तो गर्ने मुखहरु अहिले बढी सक्रिय भएको पाइन्छ। ति काण्ड त्यतिबेला पर्दाभित्र राखिएका थिए, बोलिएका थिएनन्। स्वार्थमा सौदाबाजी गरिएका थिए की के थिए? छानबिन कहाँ भएका थिए? म सोध्न चाहन्छु, यती, ओम्नी केके भन्नुहुन्छ, २० महिनासम्म कहाँ छानबिन गरियो? आज बलपूर्वक भन्नुस् वा अनिच्छावस भन्नुस् सरकारबाट बाहिरिनुपर्दा ति फेरि जम्जमाउन थालेका छन्।’

उनले झन्डै दुई अर्ब भ्रष्टाचारको मुद्दा दायर गरिसकेको व्यक्तिलाई प्रतिपक्ष दलका नेताले प्रतिशोध भनेर भाषण गर्नेकुरा भ्रष्टाचारको ढाकछोप हो की होइन? भन्दै प्रश्न गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad