राजनीति


गणपूरक संख्या नपुग्दा नागरिकता विधेयक निर्णयार्थ पेस हुन सकेन

गणपूरक संख्या नपुग्दा नागरिकता विधेयक निर्णयार्थ पेस हुन सकेन

सभामुख देवराज घिमिरे


नेपालखबर
फागुन ४, २०८१ आइतबार १९:४८, काठमाडौँ

आइतबार गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमाथि सांसदहरूले छलफल गरी यसमा गृहमन्त्रीले जवाफसमेत दिइसकेका थिए। 

तर गणपूरक संख्या नपुगेपछि निर्णयार्थ पेस हुन सकेन। सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले निर्णयार्थ पेस गर्न गणपूरक संख्या नपुग्ने भन्दै यकिन गर्न माग गरेकी थिइन्। तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्दा प्रस्ताव पेस गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा ६८ मात्रै रहेको सभामुख देवराज घिमिरेले बताए। 

‘नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य उपस्थिति हुनुपर्नेमा यो प्रश्ताव निर्णयार्थ पेस गर्न गणपूरक संख्या अपुग भएको भनि माननीय श्री निशा डाँगीले प्रश्न उठाउनुभएकोले तीन मिनेट घण्टी बजाइ गणपूरक संख्या यकिन गर्न सचिवालयलाई निर्देशन दिन्छु।’

सभामुख घिमिरेले गणपूरक संख्या यकिन गर्दा प्रस्ताव पेस गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा ६८ मात्रै रहेकाले कार्यसूचीबाट बाँकी कार्यक्रम हटाइएको घोषणा गरे। प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad