नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले पोखरामा भएको बेलुन विस्फोटको घटनाको छानबिन गर्न माग गरेका छन्।
आजको प्रतिनिधिसभा बैठकमा उनले शनिबार 'पोखरा भ्रमण वर्ष, २०२५' को लोगो अनावरणका क्रममा बेलुन पड्किँदा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखर महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएको घटना छानबिनको माग गरेका हुन्।
बडुले पौडेल र आचार्यको शीघ्र स्वास्थ्य लाभको कामना गरे। आजको बैठकमा सांसदहरूले स्वास्थ्य लाभको कामना गर्दै यस्ता घटना हुन नदिन सचेतता अपनाउनुपर्ने बताएका छन्।
108
Shares

प्रतिक्रिया