राजनीति


एमालेनिकट कर्मचारी संगठनको अध्यक्षमा भवानी निर्वाचित, अरू कोको?

एमालेनिकट कर्मचारी संगठनको अध्यक्षमा भवानी निर्वाचित, अरू कोको?

नेपालखबर
फागुन ३, २०८१ शनिबार २०:४३, काठमाडौँ

सत्तारूढ दल नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशनले भवानी दाहाल न्यौपाने निर्वाचित भएकी छन्।

यस संगठनको नेतृत्वमा पुग्ने उनी पहिलो महिला पनि हुन्। उनी यसअघि उपाध्यक्ष थिइन्।

बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले शनिबार नयाँ नेतृत्वको टुंगो लगाएको हो।

नेतृत्वका लागि अर्का उपाध्य रेवन्त गौतम पनि प्रतिस्पर्धामा थिए। यसका लागि शुक्रबार राति मतदान हुने गरी निर्वाचन समितिले तालिका समेत सार्वजनिक गरिसकेको थियो। तर नेताहरूको जोडबलमा सहमतिबाटै नेतृत्व चयन गरिएको हो।

अध्यक्षका अर्का दाबेदार रेवन्त वरिष्ठ उपाध्यक्ष बन्न तयार भएपछि सहमति कायम भएको हो। रेवन्त एक कार्यकाल महासचिव र चार कार्यकाल उपाध्यक्ष भइसकेका थिए।  

यसबीचमा उनी नेकपा एकीकृत समाजवादीनिकट कर्मचारी संगठनको नेतृत्व पनि गर्न पुगेका थिए। तर, पछि मूलधारमै फर्किए।

अर्का वरिष्ठ उपाध्यक्षमा प्रभास साह चयन भएका छन्। 

अन्य उपाध्यक्षहरूमा युवाचन्द्र घिमिरे, विष्णु अर्याल, कृष्णबहादुर केसी र विजयालक्ष्मी सुवेदी रहेका छन्।

महासचिवको जिम्मेवारी रामचन्द्र अधिकारीले पाएका छन्।

उपमहासचिव वामदेव ओली, सूर्यबहादुर कुँवर र कमला दाहाल चयन भएका छन्।

प्रदेश इन्चार्जहरूमा कोसीमा धुव्रबहादुर कार्की, मधेसमा नौतम पोख्रेल, बागमतीमा पुरूषोत्तम रायमाझी, गण्डकीमा भरत भुसाल, लुम्बिनीमा कविसिंह कठायत, कर्णालीमा तुलाराम गिरी, सुदूरपश्चिममा प्रकाश खड्का र उपत्यकामा गणेश आचार्य चयन भएका छन्।

यस्तै सचिवहरूमा देवी पराजुली, राजबहादुर पछाई, टीपी भण्डारी, ओम कठायत र गोविन्द अधिकारी छानिएका छन्।

कार्यालय सचिवको जिम्मेवारी पदमबहादुर शाहीले पाएका छन् भने कोषाध्यक्षको भूमिका यमकुमारी सापकोटाले पाएकी छन्।

सह-कोषाध्यक्ष दीपक शर्मा पौडेल चयन भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad