राजनीति


एमालेनिकट कर्मचारी संगठनमा चुनाव राति ११ बजेपछि, रेवन्त र भवानीबीच प्रतिस्पर्धा

एमालेनिकट कर्मचारी संगठनमा चुनाव राति ११ बजेपछि, रेवन्त र भवानीबीच प्रतिस्पर्धा

नेपालखबर
फागुन २, २०८१ शुक्रबार १६:४०, काठमाडौँ

सत्तारूढ दल नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशन जारी छ। बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ।

नेतृत्वका लागि हालका उपाध्यक्षहरू रेवन्त गौतम र भवानी दाहाल न्यौपानेको प्यानलबीच प्रतिस्पर्धा हुँदै छ।

रेवन्त एक कार्यकाल महासचिव र चार कार्यकाल उपाध्यक्ष भइसकेका छन्। 

नेपालगन्जमा भएको १०औँ महाधिवेशनबाट महासचिव पदमा विजयी भएका गौतम ११औँ महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएका थिए।

यसबीचमा उनी नेकपा एकीकृत समाजवादीनिकट कर्मचारी संगठनको नेतृत्व पनि गर्न पुगेका थिए। तर, पछि मूलधारमै फर्किए र अहिले संस्थापनलाई चुनौती दिँदै छन्।

भवानी पनि केन्द्रीय महिला विभाग प्रमुख हुँदै एक कार्यकाल उपाध्यक्ष भइसकेकाले अब पहिलो महिला अध्यक्ष बन्ने प्रयासमा छिन्।

निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ।

निर्वाचन तालिकाअनुसार आजै राती ११ बजेपछि मतदान हुनेछ।

निर्वाचन कार्यतालिका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad