राजनीति


व्यंग्य गर्दै झाले भने : यी नेतामाथि सम्पत्ति शुद्धीकरणको छानबिन कहिल्यै हुँदैन भनेर अध्यादेश ल्याऊँ

व्यंग्य गर्दै झाले भने : यी नेतामाथि सम्पत्ति शुद्धीकरणको छानबिन कहिल्यै हुँदैन भनेर अध्यादेश ल्याऊँ

नेपालखबर
माघ २९, २०८१ मंगलबार १७:०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संसद्‌को गरिमा राख्ने विषयमा सत्तापक्षले अराजकता प्रस्तुत गरेको बताएका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकमा झाले संख्या देखाएर तर्साउन नखोज्न चेतावनी दिएका हुन्।  

'संसद्को गरिमा संख्याले हुँदैन सिद्धान्तले हुन्छ। सम्झाउन चाहन्छु। संख्याले तर्साउन नखोजे हुन्छ,' उनले भने। 
भ्रष्टाचारीको मुख हेर्दिनँ भन्नेलाई सम्झाउन चाहन्छु भन्दै उनले थपे- आजै आएको ट्रान्सपरेन्सीको रिपोर्टमा अझै खस्किएका छौँ त्यो पनि सम्झाउन चाहन्छु।'

उनले अहिलेका गृहमन्त्रीले गरेको ज्याजतिको प्रमाण आफूसँग भएको भन्दै उनले सभामुखलाई कहाँ बुझाउँ भन्दै प्रश्न गरे। झाले कांग्रेस सांसद गगन थापाले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध प्रमाण रहेको बताएकोमा व्यंग्य गर्दै आफू भने चटक नभई प्रमाणको ठेली बोकेर आएको बताए। 

'देखाइदिउँ देखाइदिउँ भनेर चटक गर्न आएको होइन। सभामुखज्यु प्रमाण एक ठेली तपाईंका लागि ल्याइदिएको छु। मलाई आदेश दिनु मैले कहाँ बुझाउँ ? म आज नै बुझाउन चाहन्छु' उनले भने। 

उनले सम्पत्ती शुद्धीकरणको विषयमा क-कसको छानबिन गर्न टुंग्याउन व्यंग्य गर्दै आग्रह गरे। 

'वर्षौँदेखि जेल बसेर आउँदा दरबार बनेको छ। कसरी के व्यापार  थियो। जेल बसेर बाहिर आउँदा सबै नेताको दरबार बन्न थाल्यो त्यो छानबिन गरौँ,' उनले भने, 'हाम्रो नगरौँ भनेकै होइन। हाम्रो पनि गरौँ। नगर्ने भए संसद् बन्द गरेर अध्यादेश ल्याउँ। अध्यादेशमा अमुक अमुक पार्टीको तत्‌तत् नेताको सम्पत्ती शुद्धीकरण छानबिन कहिल्यै पनि हुँदैन। किन कि उहाँहरू जेल बस्नु भएको छ। उहाँहरूले जेल बसेबापत यति यति अर्ब भ्रष्टाचार गर्न पाउनुहुनेछ भनौँ।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad