राजनीति


सञ्चारमन्त्रीको प्रश्न : विधेयकमा सामाजिक सञ्जाल बन्द गर्ने भनेर कहिँ लेखिएको छ?

सञ्चारमन्त्रीको प्रश्न : विधेयकमा सामाजिक सञ्जाल बन्द गर्ने भनेर कहिँ लेखिएको छ?

नेपालखबर
माघ २८, २०८१ सोमबार १७:१३, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल सम्बन्धी विधेयक नियन्त्रण र बन्द गर्न नभइ नियमन गर्न ल्याइएको बताएका छन्।

संसद भवन परिसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले विधेयकमा कतै बन्द गर्ने भनेर लेखिएको छ र? भन्दै प्रश्न गरे।

उनले विधेयकमा नियमन गर्नेकुरा लेखिएको बताए।

उनले भने, ‘सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा बन्द गर्ने कुरा गरिएको छैन। नियमन गर्नेकुरा गरिएको छ। नियमन गर्न विधेयक ल्याएको हो। बन्द गर्न, नियन्त्रण गर्न ल्याइएको होइन। संसदबाट पास हुन्छ।’

विधेयक संसदबाट पारित हुने भएकाले निर्णय संसदले नै गर्ने उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad