नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले संविधान खारेज गर्ने पार्टी नभएको बताएका छन्। सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले एमाले संविधान बनाउने पार्टी भएकाले खारेज गर्ने प्रश्न नै नउठ्ने बताएका हुन्।
एमालेले संविधान खारेज गर्न चाहेको पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्तिप्रति लक्षित गर्दै एमाले-कांग्रेसले संविधान खारेज वा च्यात्ने नभई संरक्षण गर्ने जिकिर गरे। प्रचण्ड विध्वंस गर्दै हिँड्ने भएकाले अरूलाई पनि त्यस्तै देख्ने गरेको उनले बताए ।
भट्टराईले संवैधानिक बाटोबाटै संविधान संशोधन हुने र सबैको सहमतिमा यसलाई अघि बढाइने बताए। कांग्रेस-एमालेले संशोधनको एजेण्डा तयार गर्ने र एजेण्डालाई सबै दलसँग छलफल गरि सहमति खोज्ने धारणा उनले धारणा राखे।
अहिलेको संविधान सबैलाई सर्वस्वीकार्य भइसकेको उल्लेख गर्दै भट्टराईले आवश्यकताअनुसार संशोधन गरिने बताए। संविधान संशोधनका लागि आन्तरिक गृहकार्य सुरु भइसकेको भन्दै २०८४ को निर्वाचन अघि नै संशोधन हुने उनको भनाइ छ। भट्टराईले अध्यादेशका लागि अन्य दलसँग कुनै सौदाबाजी नगर्ने स्पष्ट पारे।
Shares

प्रतिक्रिया