राजनीति


अब निर्वाचनअगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति कांग्रेस रहँदैन : गगन थापा

अब निर्वाचनअगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति कांग्रेस रहँदैन : गगन थापा

गगनकुमार थापा


नेपालखबर
माघ २८, २०८१ सोमबार १६:४४, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन अगाडि गठबन्धनको गर्ने व्यक्ति कांग्रेस नरहने बताएका छन्। सोमबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  

'०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिह्नमा मत हालौँ भन्ने आँट अब कसैले गर्न सक्दैन,' थापाले भने, 'जसले गर्छ त्यो कांग्रेस रहँदैन। हिजो यसको लागि लडेका थियौँ, सकेनौँ। नसकेको हो मैले। अब सिंगो पार्टी आयो। चुनाव अगाडि गठबन्धन गर्नु हुँदैन भन्नेमा त पार्टी आयो आयो।'
 
उनले निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई समानुपातिक मत मान्ने प्रस्तावमा छलफल गरिरहेको पनि बताए। 

'अहिले त निर्वाचन आयोगले एउटा प्रश्तावमा छलफल गरिरहेको छ- १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्ने। त्यसो भएपछि कसैले निर्वाचनअगाडि गठबन्धन गर्ने आँट नै गर्दैन’ उनले भने।  
उनले निर्वाचनका बेलामा कांग्रेसविरुद्ध लड्ने जो कोहीलाई पराजित गर्न संगठन बलियो बनाउनुपर्ने बताए।  

उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै हावा हुण्डरी आउने जाने भएकाले कोही पनि नडराउन आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad