नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशले अहिलेसम्म राजधानी नपाएको विषयमा संघीय सरकारको जवाफ मागेका छन्। सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रदलेशसभाले राजधानी तोके पनि कामकारबाही धनगढीबाटै भइरहेको भन्दै जवाफ माग गरेका हुन्। परदेशसभाले राजधानी गोदावरीलाई तोकेको थियो।
'गएको सुदूरपश्चिम प्रदेशसभाले सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका-२ मा घोषणा गर्यो। त्यहाँको प्रदेशसभाले राजधानी तोक्यो,' उनले भने, 'तर अहिलेसम्म सुदूरपश्चिमले राजधानी नपाउनुको अर्थ के हो? यसको उत्तर कसले दिने हो?'
51
Shares

प्रतिक्रिया