राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रहरीभित्र राजनीतिक हस्तक्षेप गरिरहेको आरोप लगाएकी छन्। सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले आइतबारमात्रै राजनीतिक थिचोमिचो गर्दै नेपाल प्रहरीका एआईजी रविन्द्र केसीलाई राजीनामा दिन बाध्य पारिएको भन्दै उनले गृहमन्त्रीको कार्यशैलीमा प्रश्न उठाइन्।
'हिजो प्रहरी विधेयकमाथि छलफल गर्दै गर्दा राजनीतिक नियतमा शंका नगर्नुस्, दृष्टिमा शंका नगर्नुस् भनेर यस्तो मृदुभाषी भएर बोलियो,' उनले भनिन्, 'तर त्यही राति एकजना एआईजीलाई राजीनामा गर्न लगाइयो, राजनीतिक थिचोमिचोका आधारमा।'
सरकारले बोल्ने एउटा र गर्ने अर्कै भइरहेको उनको भनाइ छ। 'बोल्ने एउटा गर्ने अर्को किन? के ऐन पास भएपछि मात्र राम्रो नियत देखाउनु पर्ने हो?' उनले भनिन्।
गृहमन्त्रीले रोस्ट्रममा उभिँदा प्रहरी ऐनमा प्रश्न गर्ने पूर्वप्रहरीलाई आधा गिलास खाली भन्दा आधा गिलास भरी भनेर हेर्न आग्रह गरे पनि कार्यक्रममा गएर भने उनीहरूलाई नै प्रश्न गरेको उनले बताइन्।
भट्टराईलाई एआईजी बनाउन पहिल्यै राजीनामाको वाचा गराइएको थियो केसीलाई
अवकासको ४० दिनअघि एआईजी रवीन्द्र केसीले दिए राजीनामा
Shares

प्रतिक्रिया