राजनीति


बालेनलाई अमरेशकुमार सिंहको चुनौती: सक्छौ भने सिंहदरबारमा डोजर चलाऊ

बालेनलाई अमरेशकुमार सिंहको चुनौती: सक्छौ भने सिंहदरबारमा डोजर चलाऊ

नेपालखबर
माघ २८, २०८१ सोमबार १३:४०, काठमाडौँ

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को कार्यशैलीमा आपत्ति जनाएका छन्।  

प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले कवाडी व्यवसायीमाथिलाई धरपकड गर्दै डोजर चलाइएको विषयमा उनले मेयर बालेनलाई प्रश्न गरेका हुन्। 

'हामी २०७२ को गणतन्त्र संविधानअन्तर्गत छौँ। काठमाडौँ सबै नेपालीको राजधानी हो,' उनले भने, 'यहाँको मेयरलेको न‍िर्देशनमा हिटलर शैलीमा हिजो २७ गते कवाडीमाथि डोजर चलाइयो। मजदुर घाइते बनाइयो। घाइतेहरू ट्रमा सेन्टरमा छन्।'

उनले बालेनलाई च्यालेन्ज भन्दै संसद् भवन, सिंहदरबार भकाउन् आग्रह गरे। 
'बालेनलाई मेरो च्यालेन्ज! सक्छौ भने संसद् भवन भत्काउ, सिंहदरबार सर्वोच्च रामशाह पथमा रहेको सर्वोच्च अदालत भत्काएर देखाऊ,' उनले भने, 'अब यो शैली चल्दैन। हरेक नेपालीको एक ठाउँबाट अर्को ठाउँमा गएर बस्ने अधिकार छ।'

मेयर शाह तानाशाही भएको भन्दै थपे, 'लथालिङ्ग देशको भताभुंग चाला। जसले जहाँ सक्छ त्यहाँ खाला।'  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad