प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) ले अध्यक्ष, उपाध्यक्ष र महासचिलाई वैचारिक राजनैतिक काम तथा विभागहरूको जिम्मेवारी दिएको छ।
उपमहासचिव, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई प्रदेश तथा जिल्ला इन्चार्ज बनाएको छ।
अध्यक्ष पुष्पकमल दाहाल र महासचिव देव गुरुङद्वारा हस्ताक्षर गरी तल पठाइको सर्कुलरमा जिम्मेवारीको मापदण्ड तय गरिएको जनाइएको छ। पार्टीका केन्द्रीय विभाग, केन्द्रीय जनवर्गीय संगठन तथा मोर्चाहरुको कार्य विभाजनमा समूहगत र क्षेत्रगत आधार तयार गरिएको छ।
जसअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र महासचिवसम्मका पदाधिकारीहरुलाई राजनैतिक, वैचारिक कामका साथै नीति निर्माणसम्बन्धी
विभाग र मोर्चाहरुका जिम्मेवारीमा केन्द्रित गरिएको छ। जनप्रतिनिधि रहेका केही पदाधिकारीहरुलाई मूलतः नीति निर्माण सम्बन्धी विभागहरुमा केन्द्रित गरिएको छ।
उपमहासचिव, सचिव, स्थायी समिति सदस्यहरु र केन्द्रीय सदस्यहरुलाई प्रदेशहरुको जिम्मेवारीमा केन्द्रित गरिएको छ।
यसैगरी प्रदेश इञ्चार्जको नेतृत्वमा सहइञ्चार्जहरु, प्रदेश सभाको दल नेता, प्रदेश अध्यक्ष र उक्त प्रदेशमा कार्यरत स्थायी समिति सदस्यहरु रहेको समन्वय कार्यालय गठन गरिएको छ। यसमा सदस्यहरु थप गर्नुपर्ने भएमा समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्ने जनाइएको छ।
प्रदेश इञ्चार्जको परामर्शमा जिल्ला इञ्चार्जहरु तोकिएको छ। महानगरपालिका इञ्चार्ज र हाल जिल्लामा सहइञ्चार्ज रहेका नेताहरुको जिम्मेवारी यथावत राखिएको सर्कुलरमा उल्लेख छ।
यस्तो छ सर्कुलर
Shares

प्रतिक्रिया