राजनीति


सामाजिक सञ्जालसम्बन्धी विधेयक राष्ट्रियसभामा पेस

सामाजिक सञ्जालसम्बन्धी विधेयक राष्ट्रियसभामा पेस

नेपालखबर
माघ २७, २०८१ आइतबार १७:१५, काठमाडौँ

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक राष्ट्रियसभामा पेस गरेको छ। आइतबार बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल विधेयक २०८१ पेस गरेका हुन्।

उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, सुरक्षित र मर्यादीय बनाउनका लागि विधेयक ल्याइएको जानकारी दिए।

सामाजिक सञ्जालको सही तवरले प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जाल सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाइ सामाजिक सञ्जालको प्रयोगलाई मर्यादीत बनाउन खोजिएको उनले बताए।

त्यस्तै, बैठकमा पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। राष्ट्रियसभाको अर्को बैठक सोमबार बोलाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad