राजनीति


प्रचण्डलाई जवाफ दिँदै पदम गिरीले भने : अध्यादेश ल्याएपछि जनता खुसी भए

प्रचण्डलाई जवाफ दिँदै पदम गिरीले भने : अध्यादेश ल्याएपछि जनता खुसी भए

फाइल तस्बिर


नेपालखबर
माघ २७, २०८१ आइतबार १६:५०, काठमाडौँ

नेकपा एमालेका सांसद पदम गिरीले सरकारले हालै ल्याएका अध्यादेशलाई लिएर जनता खुसी भएको प्रतिक्रिया दिएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै गिरीले यस्तो बताएका हुन्।  

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल (प्रचण्ड)लाई जवाफ दिँदै उनले अध्यादेशको विरोध गरेर कसको सेवा गर्न खोजेको भन्दै प्रश्न गरे। 

'अध्यादेशले देशवासी खुसी भएका छन्,' उनले प्रचण्डलाई प्रश्न गर्दै भने, 'अध्यादेशको विरोध गरेर कसको सेवा गर्न खोजेको?' 

गिरीले प्रचण्ड सत्ताबाहिर हुँदा सामाजिक सञ्जाल विधेयक घाँडो भयो भन्दै प्रश्न गरेकोमा आपत्ति जनाए। उनले माओवादीकी तत्कालीन सञ्चारमन्त्री रेखा शर्माले नै विधेयक ल्याएको स्मरण गराए।

यसअघि, माघ २४ गतेको संसद् बैठकमा प्रचण्डले विधेयकप्रति आपत्ति जनाएको छ।

'पूर्वसञ्चारमन्त्रीले स्वयंले भन्नुभएको छ– सामाजिक सञ्जाल नियमन विधेयक मैले ड्राफ्ट गरेको हो। अहिलेको सञ्चारमन्त्रीले त अलिकति रंगरोहन गरेको हो,' उनले भने, 'सबै मैले गरेको हो भनेर मिडियाका बीचमा बोलेको सुनेको हो। अहिले यही विधेयक घाँडो भयो? सत्तामा रहँदा एउटा कुरा सत्ताबाट बाहिर जाँदा अर्को कुरा गर्ने?' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad