राजनीति


'कांग्रेस-एमालेको गठबन्धन प्राकृतिक छ भनेर दाबी गरेका छैनौँ'

'कांग्रेस-एमालेको गठबन्धन प्राकृतिक छ भनेर दाबी गरेका छैनौँ'

नेपालखबर
माघ २७, २०८१ आइतबार १६:२५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले कांग्रेस-एमालेबीचको गठबन्धनको सरकार प्राकृतिक नभएको आफूहरूले स्वीकार गरेको बताएका छन्। आज आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै शर्माले यस्तो बताएका हुन्।

'दुईवटा फरक दर्शनका बीचमा गठबन्धनको सरकार बन्नु भनेको समयको बाध्यता हो, गणितीय बाध्यता हो, परिस्थितिको आवश्यकता हो। प्रष्ट रूपमा भन्दा यो एकदमै प्राकृतिक रूपमा बनेको छ भन्ने दाबी गर्दैनौँ। तर, के यो संवैधानिक पनि छैन त ? त्यसो होइन,' उनले भने।

गत माघ २४ गते प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो धारणा राख्ने क्रममा सरकार प्राकृतिक र संवैधानिक पनि नभएको बताएको भन्दै शर्माले सोधे, 'कांग्रेस र माओवादी केन्द्र मिलेर बनेको सरकार संवैधानिक हुने र कांग्रेस र एमाले मिलेर बनेको सरकारचाहिँ कसरी असंवैधानिक भयो?' 

उनले भ्रष्टाचार निवारण, निजामती कर्मचारी, शिक्षा र अख्तियारलगायतका विधेयक यो अधिवेशनबाट टुङ्गोमा पुर्‍याउनुपर्ने भन्दै अनि मात्र आस्था, आशा र भरोसा बढाउन सकिने बताए। उनले प्रचण्डको उक्त अभिव्यक्त आवेगात्मक भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad